गौतम कास्की २ को उपनिर्वाचनमा प्रतिस्पर्धा नगर्ने, भट्टराईले टिकट पाउने संभावना



काठमाण्डौं । कास्की क्षेत्र नम्वर २ को उपनिर्वाचनमा नेकपाका उपाध्यक्ष बामदेव गौतमले चुनावी प्रतिस्पर्धा नगर्ने भएका छन् । शनिवारको सचिवालय बैठकमा गौतमले आफु उपनिर्वाचनमा प्रतिस्पर्धा नगर्ने मनसाय राखेका छन् ।

गौतमले यस्तो धारणा राखे पनि सचिवालयले भने आधिकारीक रुपमा केही निर्णय भने गरिसकेको छैन् ।

तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ जनप्रतिनिधि विहिन छ । त्यहि कास्की २ मा हुने उपनिर्वाचनमा नेकपाबाट गौतम उम्मेदवार बन्ने योजनामा थिए ।

तर, पार्टी भित्र र बाहिर समेत माहौल प्रतिकुल देखिएपछि गौतमले सोच परिवर्तन गरेका हुन् । गौतम पछि हटेको अवस्थामा त्यस क्षेत्रमा अधिकारीकै श्रीमती महिला नेतृ विद्या भट्टराईले टिकट पाउने संभावना देखिन्छ ।

गौतम पनि अधिकारीकै श्रीमती भट्टराईले टिकट पाउनु पर्ने पक्षमा छन् । बर्दिया १ मा विपक्षी भन्दा नेकपाको झण्डै ३२ हजार मत रहेको अवस्थामा समेत चुनावी परिणाम विल्कुल उल्टो आएपछि गौतम कास्की नजाने निर्णयमा पुगेका हुन् ।

उपनिर्वाचनमा पनि निर्वाचन हारे राजनीतिमा पुनः ठेस लाग्ने गौतमको वुझाई छ । सरकार र पार्टी दुवै कमजोर भएको अवस्थामा चुनावी परिणाम प्रतिकुल हुने वाम वुद्धिजिविको विश्लेषण छ ।

अध्यक्षद्धयले गौतमलाई कास्की २ को उपनिर्वाचनमा प्रतिस्पर्धा गराउने तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्