मन्त्री अर्यालले भनिन्, यूनिफाईड बचत तथा ऋण सहकारी संस्था उत्कृष्ठ वित्तिय संस्था



काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारी संस्थालाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छिन् ।

युवा उद्योमीले सञ्चालन गर्दै आएको यूनिफाईड बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभामा बोल्दै मन्त्री अर्यालले सहकारी मुलुकको समग्र आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले यूनिफाईड बचत तथा ऋण सहकारीको पूँजी पनि उत्पादमुलक क्षेत्रमा लगानी गर्न जोड दिइन् । यस वित्तिय संस्थालाई युवा बर्गका साथै न्यून आयस्रोत भएका जनताको उन्नतीका लागि लगानी गर्न समेत उनले आग्रह गरिन् ।

त्यस्तै कार्यक्रममा युवा वैंकर्स मनोज ज्ञवालीले अबको वित्तिय क्षेत्र युवाले नेतृत्व गर्ने भएकाले युवा उद्योमीले बजारको माग अनुसार अघि बढनु पर्ने बताए । उनले युवा उद्योमीले मुलुक, जनताको चाहना बुझेर धैर्यता र इमान्दारीताका साथ लगानी गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै युवा व्यवसायी संस्थाका सञ्चालक जीवन चलाउनेले ८ वर्षअघि सञ्चालनमा ल्याएको संस्थाप्रति लगानी, शेयरधनी र कर्मचारीको वफादारिताले नै आज यो अवस्थासम्म आइपुगेको बताए ।

संस्थाको अबको लक्ष्य उत्पादनमुलक क्षेत्रमा लागनी गर्ने योजना रहेको पनि उनले बताए । सहकारीलाई विश्वसनीय बनाउन निकै मिहिनेत गरिरहेको युवा व्यवसायी चलाउनेको भनाई थियो ।

यूनिफाईड बचत तथा ऋण सहकारी संस्थामा हाल ५००० हजार शेयर सदस्य रहेका छन् । त्यस्तै संस्थामा १०० हजार बढि कर्मचारी आवद्ध छन् ।

आर्थिक वर्ष २०७५,७६ को शेयर पुँजी २ करोड २६ लाख कर्जा २६ करोड ६६ लाख ६९ हजार रहेको छ । कर्जा लगानी २६ करोड ६६ लाख ४९ हजार र बचत संकलन ३० करोड ४ लाख, ३९ हजार रहेको छ । आगामी आर्थिक वर्षमा शेयर पूँजी ५ करोड, कर्जा लगानी ४५ करोडको लक्ष्य बोकेको छ ।

यस संस्थामा खराब कर्जा भने शुन्य छ । संस्थाले अघिल्लो बर्ष मात्रै ७८ लाख कुल मुनाफा कमाएको थियो भने आउँदो आर्थिक वर्ष १ करोड ४० लाख बढि नाफा आर्जन गर्ने लक्ष्य बोकेको छ ।

सहकारीको केन्द्रीय कार्यालय काठमाण्डौंको नयाँ बजारमा छ भने कुलेश्वर र विशालबजारमा पनि शाखा सञ्चालन हुँदै आएको छ । संस्थाले विगत जस्तै सामाजिक कार्यलाई समेत बढि जोड दिने जनाएको छ । यस वित्तिय संस्थाले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्