भारतले अन्तरिक्षमा सन् २०२१ सम्म मानव अभियान पठाउने



भारतको अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के सिवनले भारतको आफ्नो महत्त्वाकाङ्क्षी अभियान गगन यान सन् २०२१ सम्मका लागि लक्ष्य राखेको छ । उनले सन् २०२१ सम्ममा मानव पठाउने तयारी रहेको जनाएका हुन् । पहिला यो लक्ष्य सन् २०२२ सम्म राखिएको थियो । यस अघि भारतले सन् २०२० मा पहिलो र सन् २०२१ मा दोस्रो मानवरहित यान अन्तरिक्षमा पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्