गाउँमा खोला पस्दा दुई बालिका बेपत्ता



म्याग्दीको बेनीमा बाढीले घर बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । स्थानीय कोटखोलमा आएको बाढीले बेनी नगरपालिका बागरफाटको पाँच घर बगाएको हो । बाढीले १० वर्षीय शर्मिला परियार र ६ वर्षीय अनुष्का परियारलाई बगाएको हो । राती गाउँमा बाढी पसे पछि भागाभाग भएको थियो ।
बाढीले माया परियार,पार्वती परियार, रेसम जुग्जाली र सेते परियारको घर पूर्ण रूपमा क्षति भएका हुन् । बेपत्ता भएका दुवै बालिकाको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्