बैङ्क ठगीको आरोपमा पूर्व सिइओ सहित ११ जना पक्राउ



किर्ते कागज बनाएर बैङ्क हिनामिना गरेको अभियोगमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको हो । किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ११ जनालाई गिरफ्तार गरेको हो । पक्राउ पर्नेमा बैङ्क अफ काठमाडौँका पूर्व सिइओ समेत रहेका छन् । पूर्व सिइओ अजय श्रेष्ठ र ऋणीलाई बैङ्कले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बैङ्कमा कर्मचारी किरण बोहरा,ऋचा श्रेष्ठ र शम्भु शाह लगायत छन् । उनीहरूले कमसल जग्गालाई धरौटी बनाएर ऋण लिएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्