युनाइटेड इन्सुरेन्स कम्पनीको बोर्ड सदस्यमा पुजा दाहाल नियुक्त



काठमाण्डौं । युनाइटेड इन्सुरेन्स कम्पनी लिमिटेडको बोर्ड सदस्यमा पुजा दाहाल नियुक्त भएकी छिन् । युनाइटेड इन्सुरेन्सको सञ्चालक समितिको बैठकले दाहाललाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

हाइड्रो व्यवसायी दाहाल चौधरी ग्रुपद्धारा प्रवद्र्धित १५. १ मेगावाटको मिडिल मोदी हाइड्रोको विजनेश युनिट हेडको रुपमा काम गर्दै आएकी छिन् । त्यस्तै सोही कम्पनीको १२० मेगावाटको बर्दिवासमा, ३० मेगावाटको परवानीपुरमा, ५० मेगावाटको दुहवीमा सोलर प्रोजेक्टको पनि काम हुँदै आएको छ । यी सोलार प्रोजेक्ट समेत गरी २०० मेगावाटको उर्जा उत्पादनको काम दाहालकै नेतृत्वमा तिव्र गतिमा भइरहेको छ ।

पेशाले इन्जिनियर दाहाल लामो समयदेखि हाइड्रो व्यवसायमा आवद्ध छिन् । दाहालले प्रमुख जिम्मेवारीका साथ काम गरेको केहि हाइड्रो अप्रेशनमा आइसकेका छन भने केही आउने क्रममा छन् ।

यसअघि दाहालले कन्चनगंगा हाउजिङ, मकालु डेभलपर्स, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, सिद्धकाली पावर लिमिटेड, पलान्चोक भगवती कन्ट्क्सन लगायतका कम्पनीमा प्रमुख कार्यकारीको रुपमा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्