Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

‘मलाई अपुग के नै थियो र, तर, आफनै देशमा केही गर्न स्वदेश फर्किए,’ युवा व्यवसायी घिमिरे



२४ वर्षे उमेर साँचो भन्दा जागिर खोज्दै हिँड्ने उमेर । हो, यही उमेरका सुगम घिमिरेको मातहतमा २ सय ५० कर्मचारी प्रत्यक्ष छन् । उनी आबद्ध एसजी ग्रुपमा १ हजार भन्दा बढी । त्यसै ग्रुप अन्तर्गत धेरै उद्योगहरू सञ्चालित छन् । धेरै उद्योग सञ्चालनको प्रक्रियामा छन् ।

  एभरेस्ट ग्यास, सुगम ग्यास, पेट्रोल पम्प र मोटर हेड बाइक उनका चलेका व्यवसाय हुन् । नेपाल ग्यास उद्योग        सङ्घका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेका छोरा सुगम सानो छँदादेखि व्यवसायमा चासो दिने, हिसाब हेर्ने गर्थे । त्यस बेला कुनै प्रत्यक्ष भूमिका भने थिएन । तर, व्यवसायिक चासो भने निकै थियो । 

‘ प्लस टु ’ सकेपछि थप अध्ययनका लागि लागे अमेरिकातिर । अमेरिकाको अध्ययन, त्यही काम गर्दै पढ्दै गरेका उनी केही वर्षअघि मात्र छुट्टीमा नेपाल आएका थिए । यसै क्रममा उनले नेपालमै व्यवसाय गर्ने सोच अघि बढाए । नेपाल फर्केपछि उनले व्यवसायमा हात हाले । उनलाई रोजगारी मुलक व्यवसाय गर्ने मन थियो । सुगमको सोच विदेशमा गर्ने मेहनत नेपालमै गरे राम्रो भन्ने थियो । सुरुमा मोटर हेड बाइकमा उनी संलग्न रहे ।

सुगम पारिवारीक व्यवसाय बाहेक कृषी, आइटी लगायत नयाँ व्यवसायका लागि पनि योजना बनाउँदै छन् । त्यसो त, नेपाल फर्केपछि उनलाई केही नपुगे जस्तो भएको थियो । केही नमिलेको जस्तो । सरकारको थुप्रै नीति उनलाई अव्यवहारिक पनि लाग्छ । कर नीतिहरू लगायत केही नियमले व्यवसाय गर्न उनलाई केही असहज लागेको हो । तर, एउटा कुरा के साँचो हो भने अमेरिकामा रहँदा उनी दोस्रो दर्जाको नागरिक थिए भने अहिले पहिलो दर्जाका । आफ्नै देशमा सानै भएपनि पहिचान पनि बनेको छ ।

विदेशमा व्यवसाय गर्न यतिधेरै व्यवसाय मैत्री कानुन छ, आफनु देशमा भने पाइलै पिच्छे समस्या । कहिले काही त दिक्क पनि लाग्छ रे सुगमलाई । सुगम भन्छन, देश बनाउने हो भने, नीति तत्काल सच्चाउ । मुलुकले काँचुली फेर्न नत्र गाह्रो छ ।

ग्यास व्यवसायदेखि हाइड्रोपावर, सिमेन्ट र सञ्चार सबैको संलग्न छन उनी । सफलता कसरी ? यसको जवाफ उनीसँग प्रस्ट छ,“टिम वर्क ” । ६० कम्पनी नै सञ्चालन गर्दा उनले दक्ष व्यक्तिको टिम बनाएर जिम्मेवारी सुम्पने गरेका छन् ।

यसो त बजारमा आउने तयारीमा रहेको गरुड सिमेन्ट, अर्थोडक्स चियाको रूपमा सगरमाथा चिया लगायत थुप्रै क्षेत्रमा त्यत्तिकै चासो र संलग्न रहेका उनको नजरमा सबैभन्दा राम्रो नाफा रहेको क्षेत्र भने हाइड्रो व्यवसाय नै हो । उनी भन्छन, पर्यटनमा नै हो नेपालले गर्न सक्ने त्यसका लागि राज्यको नीति नै हुनुपर्छ ।

जीवन प्रतिको उनको एउटा बुझाइ प्रस्ट रह्यो । कुनै पनि काम सुरु गदा हतार गर्नु हुँदैन । अनि नेपालका थुप्रै युवालाई उनको सुझाव छ । विदेश जानै पर्छ भन्ने छैन । सम्भव भएसम्म नेपालमै विकल्प किन नखोज्ने ? उनी आफ्नै अनुभव सुनाउँदै भन्छन्,“अमेरिकामा केही सिके र अनुभव गरे । अब नेपालमै प्रयोग किन नगर्ने ? ”अहिलेका विकसित देश पनि त्यसै गरी बनेका हुन् ।

  आफू भन्दा धेरै पाका उमेरकासँग काम गर्ने गरेका छन्, उनले  काममा कहिल्यै मालिकको व्यवहार गर्दैनन् । ६० काटेका कर्मचारीसँग पनि सुगम काम गर्दैछन् । उनी भन्छन् , मालिक होइन उनीहरुको अनुभव लिएर म काम गर्दछु । कार्यालयलाई पारिवारीक माहोल बनाउनु पर्छ ।

उनले अमेरिकामा रहँदा नै कामदारको भूमिका बुझे । जहाँ उनी कामदारकै रूपमा रहेका थिए । पिज्जा डेलिभरी गर्ने काममा उनीसँग दैनिक १७ या १८ किलोमिटरसम्म हिँडेर डेलिभरी गरेको अनुभव पनि छ । कहिले काही त नेपालको व्यापार व्यवसाय याद त आउथ्यो नी । अभावको अनुभव लिएको हुँ । अमेरिकामा कामको सम्मान छ, त्यसकारण आज उनीहरु निकै माथि छन् ।

यता, बुवाको विगतको दुःख हामीले संझेर काम गर्दैछौ, त्यसले थप जोश, जागर, धैर्य बन्न सिकाउँछ । सुगम भन्छन, महिले विदेशमा सवै काम गरे, आज नेपालमा केही काम गर्न मलाई त्यति गाह्रो लाग्दैन् । विदेशको कामले पाठ राम्रै सिकाउँदो रहेछ । सुगम थप्छन, उतै पनि व्यवसाय गर्न सकिन्थ्यो ।

तर, मलाई नेपालमै नाम दाम कमाउने इच्छा पहिलेदेखि नै थियो । त्यो दैनिक त्यागेर स्वदेश फर्किए । युवापुस्तालाई सुगमको सुझाव छ, केही न केही पेशा गर्नैपर्छ । त्यसले अभाव, संर्घष अनि सुख, दुःख सवै देखाउँछ । सिप, जोश, जागर भएका युवालाई राज्यले पनि हेर्नुपर्छ । रोजगारी, व्यवसाय भयो भने कर त उठि हाल्छ नी, उनको वुझाई ।

बुवा शिव प्रसाद घिमिरेको नेपाली पेट्रोलियम उद्योगमा आफ्नो भिन्न पहिचान छ । त्यसै पहिचानलाई पछ्याउँदै सुगमका दाजु सुदिप घिमिरे पनि व्यवसायिक क्षेत्रमा लामो समयदेखि संलग्न छन् । इटहरी उद्योग वाणिज्य सङ्घका सदस्य सुदिप सुनसरी युवा उद्यमी संघका संस्थापक अध्यक्ष समेत हुन् । पारिवारिक पृष्ठभूमि सम्झँदै सुगम भन्छन्, आवश्यक पर्दा दाजुको बुवाको सल्लाह लिने गर्दछु । उनी भन्छन्, ‘ बुवाले आफ्नै दमले व्यवसाय सुरु गर्नु भयो । यसलाई हामीले बिस्तारै अगाडी बढाउँदै लगेका छौ । अनि हामी विस्तार गर्ने कोशिस गर्दैछौ ।

थुप्रै उद्योगी व्यवसायीका छोराछोरी कुलतमा लागेका पनि दृष्टान्त छ यहाँ । तर, सुगम भन्छन, यो समय संर्घषको समय हो । एक पटकको जीन्दगीमा केही न केही पहिचान बनाउनै पर्छ, यो अझ युवा पुस्ताले मनन गर्नैपर्छ । डिस्को बार सुगमलाई पनि पक्कै रहर त होला, उनी जस्तै थुप्रै युवापुस्ता त्यस्तै लतमा पनि छन् । तर, उनको लत त्यो हो होइन, मात्र कडा हार्ड वर्क ।

अविवाहित सुगमका रुचि सङ्गीत र भ्रमण पनि हुन् । विद्यालय जीवनमा पौडी र बक्सिङ खेलमा पनि सक्रिय थिए उनी । नेपालका थुप्रै सामाजिक गतिविधि बुझ्नका लागि उनको उमेर पर्याप्त त हैन । तर, धेरै कुरा थाहा पाएका छन् । आफू सम्भ्रान्त परिवारको भएर सहज ढङ्गले शिक्षा पाउँदा सामान्य शिक्षाको अवसरबाट वञ्चित हुने नेपाली समुदायको बारे पनि उनलाई थाहा नभएको होइन । ‘ यो पुरै हटाउने राज्यको काम हो । हाम्रो मन त दुख्छ । तर, हामीले गरेर मात्र हुँदैन । हामीले आफ्नो ठाउँबाट सकेजति गरेका छौ । ’

आफूहरूले सञ्चालन गरेको धादिङको धनु बेसी स्कुलमा असहायलाई पूर्ण छात्रवृत्ति पनि दिइएको छ । सामाजिक रूपमा एउटा टिम बनाएर धेरै असहायलाई सहयोग गर्ने सोच त छदैछ, यस बाहेक उनको समुह एसजी ग्रुपले नियमित रूपमा वृक्षारोपण गर्ने, मन्दिर निर्माण गर्ने लगायतको अन्य सामाजिक काम गरिरहेको छ ।

  धेरै नेपाली बिदेसिएका छन् । आफ्नो बाध्यता भएर गएका छन् । तर, उनको एउटा सोच भने प्रस्ट छ । केही आर्थिक श्रोत र अनुभव जुटे पछि नेपाल आएर नै किन नगर्ने ? यस कुरामा उनी प्रस्ट छन् ।

नेपाली राजनीतिको बारे उनको आफ्नै कथन छ । लामो समय पछि स्थायित्व देखिएको छ । तैपनि, केही नीतिगत समस्या सुध्रिए राम्रो हुने उनको विचार छ । यस कारण राज्यले यस कुरामा सुधार गरेर युवालाई व्यवसाय मात्र होइन सामाजिक र राजनीतिक नेतृत्वमा अवसर दिए उपयुक्त हुने उनको मत छ ।

राजनीति पनि वितृष्णाको मुलकारण युवापुस्ता अवसरबाट बञ्चित हुनु हो । युवा छिनभरमा एक ल्किकमा विश्व देख्छन अनि त्यस्तै खोज्छन । त्यो पाउँदैनन फलस्वरुप निरास हुन्छन् । त्यो नेतृत्वमा बस्ने नेताले अब वुझनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्