केयुकेल आयोजना कार्यान्वयन निर्देशनालयको निर्देशकमा थापा नियुक्त



काठमाण्डौं । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयको कायक मुकायम निर्देशकमा भोजविक्रम थापा नियुक्त भएका छन् ।

मन्त्रीस्तरिय निर्णयमा थापा कायम मुकायमा आयोजना निर्देशकमा नियुक्त भएका हुन् । करिब तीन दशक लामो निजामति सेवामा कार्यरत निर्देशक थापासँग साना शहरी खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची खानेपानी आयोजना, खानेपानी तथा ढल निकास विभाग अन्तर्गत विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण तथा सञ्चालनको उपआयोजना निर्देशक, उपकार्यकारी निर्देशक तथा इन्जिनियरको रुपमा जिम्मेवारी समालिसकेको अनुभव छ ।

नवनियुक्त निर्देशक थापाले मेलम्ची बोर्डको उपकार्यकारी निर्देशको रुपमा कार्य गरेको अनुभव सुनाउँदै आफनो कार्यकालमा मेलम्चीको पूर्ण प्रशोधित खानेपानी उपत्यकामा ल्याउने बताए ।

निर्देशक थापाले मेलम्ची आयोजनाको दुवै चरण सम्पन्न हुँदा ३४ करोड शुद्ध पानी उपत्यकामा आउने बताए । दैनिक ५१ करोड लिटर खानेपानी आपुर्ती हुने भएकाले उपत्यकाको खानेपानी आपूर्ति र फोहोर पानी व्यवस्थापनका लागि दिगो संरचना आवश्यक रहेको उनको भनाई थियो ।

र, आफनो मुख्य ध्यान यसमा नै केन्द्रित हुने उनले बताए । चाडै नै मेलम्ची काठमाण्डौ ल्याएर उपत्यकावासीलाई व्यवस्थित र शुद्ध पानी खुवाउन कुनै कसरत बाँकी नराख्ने समेत थापाले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्