Logo
आइतबार, २२ मङि्सर २०७६
(Sunday 8th December 2019)

किरातीले पाए माओवादीको हसिँया हथौडा, उपेन्द्र बाबुरामलाई हत्केला, नेकपा नयाँ दल



 

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नाममा छुट्टै दल दर्ता भएको छ । उपनिर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिरण भएर नेकपा बनेपनि तत्कालिन माओवादी केन्द्रका एक जना नेता गोपाल किरातीले पुरानै पार्टीको नाममा दल दर्ता गरेका हुन् ।

किरातीको नयाँ दललाई निर्वाचन आयोगले गोलाकारभित्रको हसिया हथौडा नै दलको चुनाव चिन्ह्र दिएको छ । त्यस्तै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भएर बनेको नयाँ पार्टी नेकपा पनि निर्वाचन आयोगमा नयाँ दलको रुपमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।माओवादी केन्द्र र एमाले बिच एकीकरण  भए पछि किराँतीले विद्रोह गरेका थिए ।

उता, संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टीला पनि नयाँ दलको रुपमा दर्ता भएको छ । समाजवादी पार्टीलाई पाँच औलासहितको हत्केला चुनाव चिन्ह्र पाएको छ । उपनिर्वाचका लागि २१ वटा नयाँ दलले निर्वाचन आयोगमा दल दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्