Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

उद्योग विभागको महानिर्देशकमा सिटौला नियुक्त



काठमाण्डौं । उद्योग विभागको महानिर्देशकमा जीवन प्रकाश सिटौला नियुक्त भएका छन् । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयस्तरको निर्णय अनुसार सिटौलालाई विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।

प्रदेश नम्वर १ को अर्थ सचिव समेत भइसकेका सिटौलालाई निजामति सेवामा दक्ष र अनुभवी प्रशासकको रुपमा लिने गरिन्छ ।

यसअघि सिटौलाले सम्पत्ती शुद्धिकरणको महानिर्देशक जिम्मेवारी समालिसकेका छन् । सम्पती शुद्धिकरणको महानिर्देशक हुँदा सिटौलाले भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कृयाकलाप वित्तिय लगानीका सन्दर्भमा उल्लेख्य काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्