Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

यसकारण मध्यपूर्व संयोजकका गोर्खालीको दावी



गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) आइसिसी सदस्य मनोज कुमार श्रेष्ठ गोर्खाली एनआरएनएको अधिवेशनमा मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवार रहेका छन् । युएईमा रहेका मनोजको उम्मेदवारीले मध्य क्षेत्रमा नै उत्साह थपेको त्यहाँ रहेका नेपाली युवाहरूले जनाएका छन् । मध्यपूर्वमा रहेका नेपालीलाई समस्या पर्दा दुखमा साथ दिने उनको आदतले धेरै प्रभावित भएका छन् । मध्यपूर्वमा रहेको नेपाली कामदारहरूको समस्या समाधानमा पनि उनको सक्रिय भूमिका रहेका छन् ।


वैदेशिक रोजगारीका लागि विदेशमा रहनेहरूले भोग्ने समस्या समाधान गर्न सबै निकायलाई व्यवस्थित बनाउनु पर्ने उनको धारणा रहेको छ । मध्यपूर्वमा रहेका कामदारको समस्या समाधान गर्न दीर्घकालीन समाधानको बाटो खोलिने उनले बताए । कतार र ओमानले मध्यपूर्वको संयोजक पाइसकेको कारण अव युएइको रहेको त्यहाँका अधिकारीहरूले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्