सीमामा यसरी ढल्दै छन जङ्गे खम्बा, सरकारलाई छैन अत्तोपत्तो, मुटु दुख्यो भन्दै यस्तो लेखे सिमाविद्ले सामाजिक सञ्जालमा



 

काठमाण्डौं । नेपाल भारत सीमाका जङ्गे सिमाखम्बा धमाधम ढल्न थालेका छन् । नेपालको तर्फबाट सीमाखम्बा धमाधम ढल्दा समेत नेपाल सरकारको कुनै पनि चासो गएको छैन् । सीमाखम्बा ढल्दा पनि खम्बा उठाउने र संरक्षण गर्नेतर्फ कसैको पनि ध्यान नगएको भन्दै सीमा विज्ञहरुले चर्को विरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाण्टास लेख्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले ढाल्यो, डुब्न लाग्यो, ढल्न लाग्यो, लाग्यो लाग्यो, ढल्नै लाग्यो, खबर जंगे सीमाखम्बा नढलोस् । खम्बा नढले हाम्रा पालामा नसके पनि हाम्रा छोरा नातिले सीमा रक्षा गर्नेछन् । सीमा खम्बा ढले देशै खत्तम हुन्छ । सीमाविद् श्रेष्ठले कपिलवस्तु डिकुरापुरस्थित चिरई खोलाको बाढीले बगाएको ५७८ र ७ को मुल सीमाखम्बा भारतीय महलिसागर ब्यारेजले डुबानमा पारेको ९१० नम्वरको जङ्गे खम्बा हो ।

ढल्केको जंगे खम्बा न ३३७ सर्लाही बलरा गाउँपालिका ४ फुलवरिया गाउँको हो । नेपाल भारत सीमामा सयौं जङ्गे पिलर ढल्दा, बेपत्ता हुँदा पनि सरकारको ध्यान नजानु पिडाको विषय भएको श्रेष्ठले बताएका छन् । उनको स्टाण्टसमा सयौंको कमेन्ट गरिहेका छन् । उनीहरुले सरकारको चर्को आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्