चिनियाँ लामा पक्ष र बौद्ध घ्याङ गुठीविच झडप, वौद्ध क्षेत्र तनावग्रस्त



काठमाण्डौं । वौद्ध स्तुपामा झडप भएको छ । चिनियाँ लामा पक्ष र बौद्ध घ्याङ गुठीविच झडप भएको हो । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापुजा तथा दिप प्रज्वलनका विषयमा विवाद हुँदा झडप भएको हो ।

क्षमापुजा तथा दिप प्रज्वलन विथोल्न पुगेका गुठीका समर्थक र पुजा आयोजक चिनियाँ लामाविच झडप हुँदा केहीवेर बौद्ध क्षेत्र तनावग्रस्त भएको थियो । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुजा विथोल्न गएका समुहले चर्को नारावाजी गरेका थिए । केहीवेर तनाव भएपनि वौद्ध प्रहरीको सुरक्षामा चिनियाँ लामाले पुजा गरेका छन् । चिनियाँ लामालाई पुजा गर्न नदिने पक्षमा गुठी समर्थक छन् ।

प्रतिक्रिया दिनुहोस्