Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

सञ्चारकर्मी एवं कवि श्रेष्ठको कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक’ बजारमा



काठमाण्डौं । सञ्चारकर्मी एवं कवि रुपेश श्रेष्ठको कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक’ सार्वजनिकरण गरिएको छ । काठमाण्डौंमा एक कार्यक्रमकाविच श्रेष्ठको कविता संग्रह सार्वजनिक गरिएको हो ।

कार्यक्रममा श्रेष्ठले सोही संग्रहको ‘’मैसापको सारी’’ वाचन गरेका थिए भने अन्य सहभागिले पनि संग्रहभित्रको कविता वाचन गरेका थिए । कविता संग्रह विमोचन कार्यक्रममा कवि मनु मन्जिलले भक्तपुरको प्रसिद्ध धिमे बाजालाई विम्ब बनाएर शिर्षक छनौट गरिएकोप्रति खुशि व्यक्त गर्दै कवि श्रेष्ठलाई धन्यवाद दिए ।

रुपेशको हरेक संग्रह यर्थातवादी भएको उनको भनाई थियो । वुकहिल पब्लिकेशनले प्रकाशन गरेको उनको कविता संग्रहमा ४२ वटा कविता संग्रहित छन् । संग्रहको मुल्य ३ सय मात्र राखिएको बुकहिल पब्लिकेशनले जनाएको छ । सञ्चारकर्मी एवं कवि श्रेष्ठका विभिन्न प्रकाशन बजारमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्