नेपालीको महान पर्व वडादशैं आजबाट सुरु, आइतवार विहान १० : ३५ को साइत उत्तम



काठमाण्डौं । नेपालीको महान पर्व वडादशैं आजबाट सुरु भएको छ । विशेषत हिन्दु धर्मावलम्वीहरुले घरघरमा जमरा राखेर औपचारिक रुपमा दशैंलाई भित्र्याइरहेका छन् ।

वहादशैंको नवरात्रमध्ये आज पहिलो दिन हो । आजदेखि सुरु भएको दशैं कोजाग्रत पूर्णिमासम्म हर्षोल्लासपूर्वक मनाइन्छ । आज घटस्थापनाको दिन वैदिक विधिपूर्वक राखेको जमरा दशैंको टिका लगाउँदा लगाइदिने प्रचलन छ ।

घटस्थापनाका लागि नेपाल पञ्चांग निर्णायक समितिले आज आइतवार विहान १० : ३५ को साइतलाई उत्तम मानेको छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदि वा चोखोस्थलबाट वालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । आजको दिन पूर्ण कलशको जल पनि राखिन्छ ।

प्रतिक्रिया दिनुहोस्