नेपाल विल्डटेक एक्स्पो २०२० आयोजना हुने



काठमाण्डौं । नेपाल विल्डटेक एक्स्पो २०२० आयोजना हुने भएको छ । नेपाल निमार्ण व्यवसायी महासंघ, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नो रेग इण्डियाको सयुक्त आयोजनामा आगामी जनवरी १७ देखि १९ सम्म भक्तपुरको सल्लाघारी मैदानमा नेपाल विल्डटेक एक्स्पो २०२० आयोजना हुन लागेको हो ।

शुक्रवार आयोजित कार्यक्रममा एक्स्पो आयोजना सम्वन्धी संझौता पत्रमा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र इन्नो रेग ग्रुप अफ कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीप्रसाद दशमानाले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले पहिलो पटक नेपालमा हुन लागेको यति ठुलो एक्स्पो सफल पार्न सवैलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले यो एक्स्पोले द्धिपक्षिय, बहुपक्षिय सम्वन्धसहित व्यापार लगानीको वातावरण र व्यापार सम्वन्ध थप बलियो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्