समीक्षकहरूको मत,‘चतुरको जित राजनीतिक हस्तक्षेपको विरुद्धमा क्रिकेट कर्मीको सफलता ’



राष्ट्रिय खेलकुद परिषद्को वर्तमान नेतृत्वले एक पछि अर्को असफलता भोग्दै जाँदा पछिल्लो समय नेपाल क्रिकेट सङ्घ(क्यान)को निर्वाचन समेत सिलवालका लागि पिडा दायक बनेको छ । चार वर्ष अघि तत्कालीन सदस्य सचिव केशव कुमार विष्टले चतुर बहादुर चन्द नेतृत्वको क्यान विघटन गर्दै वर्तमान सदस्य सचिव रमेश सिलवाललाई क्यानको नेतृत्वको जिम्मेवारी सुम्पेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी र एसियाली क्रिकेट काउन्सिल(एसीसी))ले राजनीतिक हस्तक्षेप अस्वीकार गर्दै प्रतिवनध लगाएको थियो । नेपालमा आइसिसीकै रोहबरमा निर्वाचन भए पछि १३ अक्टोबरमा बस्ने बैठकले नेपालको प्रतिबन्ध फुक्का गर्ने लगभग निश्चित भएको छ ।
यस चुनावी परिणामले फेरी तत्कालीन सदस्य सचिव विष्ट र वर्तमान सदस्य सचिव सिलवालले अनावश्यक बखेडा मात्र खडा गरेको पुष्टि गरेको छ । यत्ति मात्र होइन,क्रिकेटका प्रतिनिधिहरूले चार वर्ष राज्यका हरेक हस्तक्षेप र मनोमानी मान्न खेलकर्मी बाध्य छैनन् भन्ने पुष्टि गरेका छन् ।
नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका एक समीक्षक भन्छन्,‘ यो परिणामले सिलवाल र विष्टका कारण मात्र नेपाली क्रिकेटको गति धकेलिएको पुष्टि भएको छ । ’

प्रतिक्रिया दिनुहोस्