Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

विश्व च्याम्पियनसिपको दौरान नेपालको अर्को गल्ती



नेपालले कतारको दोहामा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपमा आफूले यस अघि खेलेको  १ सय मिटर रेसको बारे औपचारिक जानकारी नदिएको खुलासा भएको छ । नेपालले राष्ट्रिय कीर्तिमानको बारे पनि जानकारी गराएको थिएन । प्रतियोगिताको दर्ता गर्दा नेपालबाट सहभागी भएकी सरस्वती चौधरीको समय १३.११ रहेको थियो भने उनले पुरा गरेको समय १२.७२ लाई राष्ट्रिय कीर्तिमानको रूपमा रहेको छ ।
नेपालको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको छ । गत साग खेलमा उनले यो कीर्तिमान राखेकी थिइन् । नेपालले व्यवस्थापक र प्रशिक्षक बिनै प्रतियोगितामा सहभागिता जनाएको थियो । नेपालबाट सरस्वती एक्लै सो प्रतियोगितामा सहभागी हुन त्यस तर्फ गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्