काडाँघारीमा रक्तदान कार्यक्रम
काठमाडौँको काडाँघारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मनोहरा बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा कार्यक्रम भएको हो । लायन्स क्लब अफ काठमाडौँ फुलबारी,इन्टरप्रेनर्स नेपाल लायन्स क्लब र लियो क्लब अफ काठमाडौँ फुलबारीको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा इन्टरप्रेनर्स लायन्स क्लबका जगदीश कोइरालाले दिएको जानकारी अनुसार ३५जना सहभागी थिए ।