तरुण दलका महासचिवसँग स्पष्टीकरण मागियो



नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलका महासचिव भूपेन्द्र जङ्ग शाहीसँग पार्टीको अनुशासन समितिले स्पष्टीकरण मागेको छ । महासचिव शाहीले विधान विपरीत काम गरेको भन्दै तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेत, उपाध्यक्ष उत्तम कुमार चापागाईँ र कोषाध्यक्ष विद्धान गुरुङ सहितले अनुशासन समितिमा उजुरी दिएका थिए । अनुशासन समितिले शुक्रवार सात दिनको समय मागेर स्पष्टीकरण माग्दै कारबाही सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्