Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

कागेश्वरीमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण



कागेश्वरी मनोहरा नगरपालिकाको नौ नं वडामा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा स्वास्थ्य शाखाको आयोजनामा  नगरपालिकाका मेयर कृष्ण हरी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा नं नौका अध्यक्ष अध्यक्ष कुन्दन थापाको  उपस्थिति थियो ।

मङ्गलवार हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा  सो कार्यक्रममा भएको हो।

कार्यक्रममा ब्लड प्रेसर,सुगर,दम लगायतको परीक्षण भएको थियो ।

डा.कविराज योगीको नेतृत्वमा रहेको चिकित्सक टोलीले परीक्षण गरेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामेश्वर दाहालले जानकारी दिए ।१ सय ३५ जना भन्दा बढीले स्वास्थ्य लाभ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्