‘व्यक्तिले गरेको गल्तीको भागीदार पार्टी हुँदैन, ’ मन्त्री बास्कोटा



सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले व्यक्तिले गरेको गल्तीको दोष पार्टीलाई दिन नहुने बताएका छन् । उनले समाजमा राम्रा र नराम्रा दुवै खाले मान्छे हुने बताउँदै राम्रोलाई समाजले स्विकार्ने र नराम्रो स्वयं पाखा लाग्ने बताए ।
नेकपा नगर कमिटीले बिहीबार बनेपामा आयोजना गरेको दसैँ तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री बास्कोटाले व्यक्तिले गरेको जस अपजसको भागीदार पार्टी नहुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्