Logo
शुक्रबार, १६ जेठ २०७७
(Friday 29th May 2020)

चीनसँग मित्रता अभिवृद्धि गर्ने लक्ष्य



प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मित्र राष्ट्र चीनसँग आपसी मित्रता वृद्धि गर्न नै जोड दिने भएकाले यसमा लाभहानीको हिसाब किताब नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिन फिङसंग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार, सरकार र जनता तथा जनता र जनता बिचको सम्बन्ध बहु आयामिक बनाउन आफूले प्रयास गर्ने बताए । ‘उच्चस्तरीय भेटघाटमा लगानीकर्ता कुरा हुँदैन । मित्रताको मात्र कुरा हुन्छ ।’ प्रधानमन्त्रीले चीनसँग लगानी,व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने बताउँदै दुई देशमा मित्रता अभिवृद्धि भए पछि यी विषयमा स्वतः विकास हुने बताए ।

प्रतिक्रिया दिनुहोस्