वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन



काठमाण्डौं । वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ । ६१ वर्षको उमेरमा उनको गएराती काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

आचार्य कलेजो सम्वन्धी समस्याबाट पीडित थिए । आचार्य २०४४ सालबाट नै नेपाल टेलिभिजनमा कार्यरत थिए । विगत दुई वर्ष यतादेखि भने आचार्य न्यूज २४ टेलिभिजनमा कार्यरत थिए ।

लामो समयदेखि टेलिभिजन पत्रकारीतामा कृयाशिल उनी पत्रकारीता शिक्षामा समेत सक्रिय थिए । आचार्यको एक छोरी, श्रीमती र आमा छन् । छोराको भने केही समयअघि ह्रदयाघातका कारण अमेरिकामा नै निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्