बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख महरा पक्राउ



काठमाण्डौं । बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले महरालाई बालुवाटारस्थित सभामुखकै निवासबाट पक्राउ गरेको हो ।

आइतवार साझँ महरालाई रातो कारमा राखेर प्रहरी विट सिंहदरवार लगिएको हो । प्रहरी भ्यानमा नै लैजाने तयारीमा १६ च २९५८ नम्बरको गाडी प्रहरीले लगेको थियो । तर उनले प्रहरीको गाडीमा जान नमानेपछि उनले आफैले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको रातो कारमा प्रहरी कार्यालय सिंहदरवार पुराएको हो ।

आइतवार विहान जिल्ला अदालत काठमाण्डौंका न्यायाधिश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो । आदेश पाए लगत्तै महरालाई पक्राउ गर्न प्रहरी सभामुख निवास बालुवाटार पुगेको थियो ।

महरालाई नियन्त्रण लिने क्रममा सभामुख निवासमा ठुलो संख्यामा सुरक्षा निकायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्