Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

नेकपा विप्लव समुहका शक्तिशाली नेता पक्राउ, चन्दसहित २१ जना नेता पक्राउ



काठमाण्डौं । नेकपा विप्लव समुहका केही शक्तिशाली नेता पक्राउ परेका छन् । दाङ प्रहरीको विशेष अपरेशन टोलीले विप्लव समुहका पश्चिम ब्युरो कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्दसहित २१ जना नेता पक्राउ गरेको हो ।

चन्द विप्लवका दाजु हुन् । पक्राउ पर्नेमा केन्द्रीय सदस्य एवं राप्ती व्युरो इन्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली लगाएतको रहेको दाङ प्रहरीले पुष्टि गरेको छ । ५ नम्वर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले विप्लव नेतृत्वको राप्ती व्यूरो बैठकमा छापा मारेको थियो ।

महत्वपूर्ण दस्तावेजसहित २१ जना नेता पक्राउ परेको प्रदेश ५ का प्रहरी प्रवक्ता नवराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्