Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

एक सफल सिईयोको कथा : उनले नेतृत्व गरेका कुनै पनि कम्पनीले सायद पछि फर्किनु परेको छैन् : विजुक्छे



बिवेक विजुक्छे, एक कर्मठ अनि सफल सिइयो । पेशा र व्यवसायप्रति निरन्तर लगाव । जिम्मेवारीप्रति प्रतिवद्धता उनको स्वभाव । स्पष्ट वक्ता, अलक धारणा, उनको स्वभाव यही नै हो । खुलेर कुरा गर्न रुचाउने उनको बानी । अटो मोवाइल क्षेत्रमा उनको खुवीले होला, फक्सवागन गाडी नेपालमा ग्राहक रुचाईका हिसावले अब्बल ठानिन्छ । साथीभाईका रुपमा सरलता तर पेशागत रुपमा निकै कडा अनि उपयुक्त समयमा सही निर्णय लिन सक्ने विजुक्छेको खुवीले आज यो कम्पनी उचाई चढ्दो छ । बिवेक विजुक्छे, सिईयो फक्सवागन, हो, उनको व्यवसायीक तथा पेशागत सफलताका साथै अनुभवलाई समेटेका छौ ।

बाल्यकाल

काठमाण्डौंका रैथाने । विजुक्छेको बाल्यकाल काठाडौँमा बित्यो । पुर्खौली घर भक्तपुर । विजुक्छेको समयताका टेलिभिजन इन्टरनेट दुर्लभ नै थियो । त्यो बेला स्कुलबाट घर फर्किएपछि आजभोली जस्तो कुनै प्रविधि थिएन । खेल्ने भनेको मात्र दौड र फुटबल । बाल्यकाल संझिदै विजुक्छे सुनाउँछन, साथीभाईसँग खुल्ला आकाशमा खेल्नुको त्यति बेला मज्जा नै वेग्लै थियो । पढाईको कुरा गर्दा विजुक्छे भन्छन्, म त्यस्तो अब्बल विद्यार्थी त होइन तर सधैं प्रथम श्रेणीमा नै पास हुन्थे ।

म सानोमा बानेश्वरमा पढेको हो । त्यसपछि सिद्धार्थ बनस्थलीमा पढे । त्रिभूवन विश्व विद्यालयबाट एमविए गरे । सानोमा मेरो पढाई भन्दा खेलकुदमा निकै रुची थियो । मलाई सवैले डाक्टर बन्नु पर्छ भन्थे । साइन्स पनि पढे ।  तर, म सानैमा व्यापारमा लागे । पढाईको कुरा गर्दा पढाई र व्यवहारमा निकै फरक हुँदो रहेछ । साथीभाईसँग निकै रमाईलो गरिन्थ्यो । आजभोली ती साथी भेटिदा निकै रमाइलो हुन्छ ।

जागिरे जिवन
जागिरे जिवनको प्रारम्भ बिवेक विजुक्छेको यस्तो छ । उनी १९ वर्षको त्यो उमेरमा नै डाबर नेपालमा मार्केटिङमा छिरे । अफिसर जिके दाहालको सहयोगीको रुपमा । त्यतिवेला विजुक्छेको तलब मात्र ६५०० थियो रे । पहिलो महिनाको तलब के गरे भन्ने खासै हेक्का छैन्  । तर, खै घर खर्च नै गरे होला, उनी भन्छन् । त्यो वेला ६ हजारले धेरै काम हुन्थो । ७० रुपैयाँमा त वियर आउथ्यो । त्यहाँ साढे २ वर्ष काम गरे । त्यसपछि आइसीटिसी समुहमा काम गरे । त्यसको डिस्टिलरी कम्पनी थियो । त्यहाँ फ्रण्ट लाइन मेनेजरको रुपमा काम गरे । १९९९ पछि म अटो मोवाइल लाइनमा आएको हो ।

त्यस वेला मोडन अटो वर्क अरुण चौधरी र मिश्र अग्रवालको थियो । त्यो कम्पनीमा पनि सात वर्ष काम गरे । मारुती सूजुकी म्यन, स्पाटा गाडी, यमाहा मोटरसाइकल जेसिवि त्यो सवैको काम मैले नै हेर्थे । मेरो सुरुदेखि कै मान्यता भनेको कम्पनी सञ्चालक र मेरो सिधा काम हुनुपर्छ। डाइरेक्ट काम गर्ने भएकाले पनि जव होल्डर भन्दा पनि हाफ जव होल्डर हाफ वनर जस्तै गरी काम गरियो । त्यसपछि अहिले सम्म मलाई सिधा कम्पनी मालिकले नै कुरा गर्छन् । महिले विशाल ग्रुपमा पनि काम गरे । विशाल ग्रुपमा म आएपछि सात आठ वटा ब्राण्ड समाले । त्यहाँ पनि म मेरो कन्सेप्टमा नै चले ।

मालिकको अनुभव
सिईयो विजुक्छेले दुई तिन वटा व्यापार पनि गरे । एउटा मसला उद्योग अर्को पानीको । तर, प्रतिफल राम्रो भएन । उनको त्यो पार्टनर विजनेश थियो । फाइदा हुँदा आफुले घाटा भए साथीले भने जस्तो देखियो । खासमा भन्नुपर्दा मलाई साझेदार व्यापार खासै फापेन । काम गर्दा आफूलाई शान्ति हुने गरि काम गर्नुपर्छ । हुन त अहिले पनि सिईयो विजुक्छेलाई चार वटा कम्पनीको तनाब नभएको होइन् । अर्कोको गाडी जस्तो जति महंगो भएपनि रफ हाँक्न सकिन्छ तर आफ्नो गडी हाँक्दा विचार पु¥याउनु पर्छ । उद्योगमा पैसा फसाएपछि अर्कै प्रेसर हुँदो रहेछ ।

मलाई जागिरे जीवन भन्दा पनि आफ्नो व्यापारमा बढी तनाब भयो । सुरुमा त जागिरमा पनि तनाब नहुने भने होइन तर वनर र कर्मचारीसँग राम्रो डिल गर्नसक्नुपर्छ । र, त्यो स्किल भएपछि खासै गाह्रो पर्दैन् । सजिलै हुन्छ ।

कुनै कम्पनीको सिईयोको भुमिकामा काम गर्दा कसैले तरिफ वा गाली गर्दा फरक रुपमा लिन्छु । त्यो मलाई भन्दा पनि पोष्टलाई गरेको हो । मेरो स्वभाव काम गर्दा देखिनै वनरसँग राम्रो व्यवहार हुन्छ ।

विजुक्छे भन्छन, महिले नेतृत्व गरेको कुनै पनि कम्पनी वनरसँग महिले समस्या झेल्नु परेको छैन् । तर यता, सरकारको उद्योग व्यवसाय सम्वन्धी नीति परिर्वतनले धेरै समस्या झेल्नु परेको छ । एउटा व्यापारमा पैसा लगानी गरेको हुन्छ, विडम्बना त्यो उद्योग सन्चाल हुन नपाउँदै तुरुन्त अर्को नीति आउँछ । त्यसपछि के गर्ने ? फेरि हाम्रो देशमा अन्तिम समयमा प्रायः नीति परिर्वतन हुन्छ ।

त्यसपछि विजनेश गर्ने मान्छेलाई निकै गाह्रो हुन्छ । एउटा निश्चित दायरामा व्यापार गरिएको हुन्छ । अर्को क्राइट एरिया मिट भएन भने समस्या आउनु स्वभाविक नै हो । लास्ट टाइम हामीले युरो टु वाट युरो थ्रि गाडी छिराउनु प¥यो । त्यत्रो बुकिङ छ । ग्राहक छन, तर त्यसलाई रोक्नु पर्ने सम्मको अवस्था आयो । त्यसले बैंकको रोटेसनदेखि ग्राहकलाई सम्म निकै तनाव दियो । तर मलाई अहिलेसम्म यो २५ वर्ष कर्मचारी भएर विताउँदा कोहीसँग तितिमिठो गरेको छैन । सायद मेरो स्वभाव नै यस्तै भएर होला ।

सामाजिक कार्य
सिईयो विजुक्छे आधात्मिक त हुन नै । तर, समाजसेवा उनको अर्को रुचीको विषय । समाजसेवा पनि मेरो रुचीको विषय हो । आफूले गरेको राम्रो काम अरुले मुल्याङकन गर्ने हो । भूकम्पको त्यो बेला महिले ७० लाख बराबको स्काभेटर सरकारलाई सहयोग गरे । जर्मनी कम्पनीसँग सहयोग लिएर । साढे दुई करोड रुपैयाँ आर्थिक सहयोग पनि दिन लगाए । अहिले मेरो प्रतिवद्धता भनेको करिव ८० लाख रुपैयाँको सामाजिक संस्था वान लाक वान वल्र्ड लाई करिब २० लाख दिएको छु । अब ६० लाख दिने पहल गर्दैछु । त्यो संस्थाले निम्न आयस्रोत भएको परिवारको वालवालिको शिक्षाको क्षेत्रमा खर्च गर्ने हो ।

दैनिकी

सिईयो विजुक्छेको आध्यात्म सम्वन्धी वुझाई यस्तो छ । व्यत्तिगत रुपमा म आध्यात्मतिर गइरहेको छु । उनी विहान सवेरै प्रायः उठिसकेका हुन्छन् । म विहान ५ वजे उठ्छु । ६ बजे ब्रेक फास्ट लिन्छु । अनि केही समय दौडिन्छु पनि । त्यो गर्दा साढे सात हुन्छ साढे ९ मा त अफिस नै पुगिसक्छु । अनि एउटा कालो कफी पिएर मेरो दिनभरीको योजना अनुसार काम गर्छु । योजना बनाउँछु । पहिला म जस्ले बोलाउँदा प्रायः भेट गर्थे । आजभोली अलि विचार पु¥याउँछु । अहिले गाडीको ध्वनीदेखि सामाजिक सञ्जालले समेत मानिसको दिमाग निकै डिस्टब गरेको छ । समाचार नकरात्मक मात्र छ । त्यसले मान्छेलाई फ्रस्टेशन भइरहेको छ । त्यसैले म मेडिटेसन गर्ने गर्छु विहान विहान ।

मलाई शान्त ठाउँ मन पर्छ । पहिरमा जुत्ताको खोखिन छु । खानेकुरामा पनि मेरो केहि रोजाई छन् । तर, त्यस्तो विशेष होइन् । अफिसको काम र परिवारकलाई समय उनले निकै राम्रोसँग व्यवस्थापन गर्दै आएका छन् । व्यस्त दैनिकीलाई व्यवस्थापन गर्न सक्यो भने सायद खासै समस्या पर्दैन, सिईयो विजुक्छेको वुझाइ छ । फुर्सदको समयमा उनी अध्ययन गर्न पनि भ्याउँछन् । अध्ययन पनि उनको रुचीको विषय हो । नोवेलहरु पढन् विजुक्छेलाई मन पर्छ रे ।

सिइओको भूमिका
सिइओको भूमिका मुख्यगरी लगानीकर्ताको लगानी बढाउनु नै त्यसको मुख्य वटम लाइन हो । व्यवहारमा सही काम गर्ने हो । कर्मचारीमा पनि राम्रोलाई चिन्न सक्नु पर्छ । तपाईले जे अपेक्षा गरेर कर्मचारी भर्ना गर्नु भएको छ, त्यो पुरा भएन भने त विकल्प खोज्नैपर्छ । नाफा भनेको विल्डिङ ठूलो भौतिक संरचना मेसिनले र स्वरुमले मात्रै गर्ने होइन त्यो त मान्छेले गर्ने हो नि । हो, यहि मिलाउनु पर्छ । अव हाम्रो ओटो क्षेत्रमा हेर्ने हो भने त्यहाँ धेरै काम हुन्छ । धेरै कुरा जोडिन्छ । त्यो कस्टोमरको लागि ब्राण्डले मात्र हुँदैन त्यहाँको फन्ट पर्सनको भूमिका पनि उत्तिकै हुन्छ । उसको व्यवहारसँग कम्पनीको व्यवहार जोडिन्छ । त्यसैमा जोडिन्छ सिइओ पनि । आजको बढ्दो प्रतिस्पर्धामा बजारको माग बमोजिम स्पिड लिनुपर्छ ।

नेपालमा मुख्य गरी तीन वटा कर्पोेरेट कल्चर छ । एउटा पुराना नेवारी घरना, दोस्रो मारवाडी र तेस्रो वाहुन क्षेत्री र अन्य समुदायको । त्योसँग विदेशबाट अध्ययन गरी फर्किएका केही नयाँ पुस्तामा । तर सवैभन्दा राम्रो पकड मारवाडी समुदायको छ ।

त्यसमध्ये राम्रो कर्पोरेट कल्चर सिक्ने हो भने मारवाडी समुदायबाटै हो । दोस्रो तेस्रो पुस्ता अहिले अन्तराष्ट्रिय बजारमा काम गर्ने अवस्थामा पुग्दैछन् । वजार प्रतिस्पर्धा कस्तो छ, र बजारको आवश्यकता उनीहरुले सहजै वुझन सक्छन् । परम्परागत व्यापार शैली विस्तारै हराउँछ किन की अहिलेको पुस्ता निकै स्मार्ट छ । उनले विश्व बजारलाई छिन छिनमा नियालि रहेको हुन्छ ।

कर्मचारी र लगानीकर्ता विचको सम्बन्ध

अर्गनाजेसन भनेको एउटा टिम हो । कम्पनीको मिसन सवैले बझ्नु पर्छ । टिम वर्क भएन भने सायद कुनै पनि कम्पनी चल्न गाह्रो नै हुन्छ । कम्पनी मालिकको योजना कर्मचारीले कर्मचारीको भावना कम्पनी मालिकले बुझ्नु पर्छ । कम्पनी मालिकको नाम र कर्मचारीको तलव सुविधा र बृद्धि विकास यसमा सबैले एक भएर लाग्नु पर्छ । राम्रो कम्युनिकेशन पनि हुनुपर्छ ।

नेपालका कर्पोरेट कल्चरको कुरा गर्दा आज बैंकिङ र विदेशी कम्पनीबाट सिक्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव छ । तर सरकारी क्षेत्रका ४० हजार दिएर ४ लाखको परिणाम खोजिन्छ । त्यसमा पनि निकै समस्या देख्छु, म। यहाँ मेडिकल डाक्टरले ४० हजार मासिक तलव पाउँछन् । तर एक करोडको व्याज त्यो भन्दा बढी आउँछ । अर्को तर्फ सकारी क्षेत्रमा कितावी ज्ञान मात्र छ, तर आउट पुट र सर्भिस डिलिभरी कमजोर छ ।

तर अहिलेको सरकारले सिस्टम बसाल्न खोज्दै छ । सरकारको नीतिको विषयमा अन्तराष्ट्रिय क्षेत्रमा जति सञ्चार हुनुपर्ने जानकारी गराउन पर्ने त्यो प्रचार भइरहेको छैन् । अन्तराष्ट्रिय सहयोग विना मुलुकको विकास गर्न गाह्रो छ । त्यसको मार नेपाली जनतालाई पर्छ । महिले २५ देश घुमे नेपाललाई आश्वसान दिने काम मात्रै भएको छ । वैदेशिक लगानीका लागि राज्यले विशेष नीति नै बनाउनु पर्छ । नत्र हाम्रो आयले मात्र अहिलेकै अवस्थामा हाम्रो मुलुक बन्न सजिलो छैन् ।

अहिले तल्लोस्तरको कर्मचारीको तलव राम्रा छैन् । उनीहरुले त्यति थोरै तलबमा कसरी जीवन निर्वाह गर्न सक्छन् ? कहिले कहि म निकै घोत्लेर सोच्ने गर्छु । सरकरले १३५०० रुपैयाँ निर्धारण गरेको छ । एउटा होटलमा खाजा खाँदै ५ हजारको विल आउँछ । १३ हजारले के गर्ने ? सिईयो विजुक्छेको जोड छ, तलब वृद्धि गर्नै पर्छ । काम गर्ने व्यक्ति सन्तुष्ट छ भने मात्र उनीहरुबाट राम्रो आउटपुट आउँछ ।

युवा पुस्तालाई सन्देश
सिईयो विजुक्छेको अनुभव र र युवापुस्ताप्रति सुझाव यस्तो छ । युवा पुस्ता लगनशील हुनैपर्छ । नेपालको व्यापारिक क्षेत्र बुझ्न कर्पोरेट कल्चर बुझ्नु पर्छ । उनीहरुको नीतिको अध्ययन गर्नुपर्छ । अफूलाई अपडेट राख्नु पर्छ । भविष्यका लागि तपाइसँग विशेष खुबी, योजना हुनुपर्छ । त्यसले तपार्इमा निखार ल्याउँछ । व्यापार गर्ने या रोजगारी गर्ने । दुवै क्षेत्रमा उपल्लो तहमा पुग्ने हो भने धैर्यता, लगनशिलता र निरन्तरता हुनुपर्छ । यहाँ आजभोली नै ठुलो विजनेशम्यान बन्ने, सिईयो बन्ने होड चल्दैछ । कुनै कम्पनीको नेतृत्व लिनु भन्दा पनि टिकिरहनु ठुलो कुरा हो । हो, त्यसका लागि आफुलाई तयार गर्नुपर्छ ।

फोटो, सुविर थापा

प्रतिक्रिया दिनुहोस्