Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

देवः विकास बैंकको करोडौं रुपैयाँ हिनामिना, “यी हुन अभियोग लागेका ५६ जना”



 

काठमाण्डौं । देवः विकास बैंकको करोडौं रुपैयाँ हिनामिना गर्नेविरुद्ध मुद्धा दर्ता भएको छ । १८ करोड ३ लाख ६२ हजार ८ सय १८ रुपैयाँ हिनामिना प्रकरणमा सञ्चालक समितिका अधिकांश पदाधिकारीसहित ५६ जना विरुद्ध मुद्धा दर्ता भएको हो । आइतवार तुलसिपुरस्थित उच्च अदालतको बाणिज्य इजलासले देवः विकास बैंकको १८ करोड भन्दा बढि रकम हिनामिना प्रकरणमा तत्कालिन सञ्चालक समितिका खड्गबहादुर बुढाथोकीसहित ५६ जनाविरुद्ध बैकिङ कसुरमा मुद्धा दर्ता गरिएको हो ।

बुढाथोकीसहित ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिईयोसहित ६ जना कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना समेत गरी ५६ जनाविरुद्ध मुद्धा दर्ता भएको उच्च अदातलका रजिष्ट्रार प्रेम खड्काले जानकारी दिए । त्यसमध्ये पक्राउ परेका १३ जना प्रतिवादीलाई आइतवार औ अभियोगपत्रसहित अदालतमा पेश गरिएको छ ।

बैंकको शाखा प्रवन्धक समिर बुढाथोकी, वरिष्ठ प्रवन्धक अनिलकुमार न्यौपाने, खातावाला वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी, बन्दना गुप्ता, वीरेन्द्रकुमार गुप्ता, विजयकुमार गुप्ता, अर्जुन बस्नेत, मत कुमार पौडेल, सक्टुराम गुप्ता, वसन्त बुढाथोकी, कर्मचारी, पोषणप्रसाद जैसी र अर्चना थापा खत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्