Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

शिक्षकले दलीय राजनीति मात्रै गर्न छोडे शैक्षिक क्षेत्रमा तत्काल सुधार देखिन्छ, शिक्षा सचिव दाहाल



सिन्धुली । शिक्षा सचिव महेश दाहालले गुणस्तरिय शिक्षाका लागि पहिलो काम शिक्षकले नै राजनीति गर्न छोड्नु पर्ने बताएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिकामा आयोजित एक अन्तरकृया कार्यक्रममा सचिव दाहालले गुणस्तरिय शिक्षाका लागि शिक्षकले दलको झण्डा बोक्नु छोड्नु पर्ने बताएका हुन् ।

शैक्षिक क्षेत्रमा दलिय राजनीति नभए गुणस्तरिय शिक्षामा ठुलो बल पुग्ने बताए । त्यस्तै उनले तीन तहका सरकार, अभिभावक, शिक्षक र दलहरुको सकारात्मक भुमिका हुनुपर्नेमा समेत जोड दिए । शिक्षाको क्षेत्रमा सुधार ल्याउन ठुला आकारका एकिकृत शैक्षिक संस्था खोल्ने तयारीमा सरकार रहेको समेत दाहालले जानकारी दिए । त्यस्ता सुविधा सम्पन्न शैक्षिक संस्था खोलिए शिक्षाको क्षेत्रमा व्यापक सुधार आउने समेत उनले धारणा राखे ।

त्यस्तै प्रदेश ३ का प्रदेश सांसद लेखनाथ दाहाल राजनले समय सान्दर्भिक शैक्षिक नीति ल्याउनु पर्नेमा जोड दिए । उत्पादक मुलक शिक्षा नीति तत्काल अवलम्वन गर्नुपर्नेमा उनको जोड थियो । उत्पादन भएका गुणस्तरिय व्यक्तिहरु समेत विदेश पलायन हुनबाट जोगाउनु पर्ने दायित्व राज्यलाई निकै चुनौती बन्दै गएको उनले बताए ।

त्यस्तै सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले शिपमुलक जनशक्ति उत्पादनका लागि त्यस्तै शैक्षिक नीति आवश्यक रहेको औल्याइन् । उनले स्थानीय तहलाई समेत समावेश गरेर संघिय सरकारले शैक्षिक नीति बनाउनु पर्ने धारणा राखिन् ।

 

सोही अवसरमा सचिव दाहालले सिन्धुलीको नेपालथोकमा रहेको कुशेश्वर विद्यापिठ, प्रगतिशिल माध्यामिक विद्यालय, विपी कोइरालाको पुर्खौली थलोको र कुशेश्वर दुम्जा विद्यालयको समेत निरिक्षण गरेका थिए । कार्यक्रममा स्थानीय शिक्षक, वुद्धिजीवि, इन्जिनियर सन्चारकर्मीको समेत ठुला संख्यामा उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्