Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि कार्बाही, गभर्नरको दौड रोकियो



काठमाण्डौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन प्रकृया सुरु गरेको छ । तीन सदस्यीय छानविन समिति नै गठन गरेर श्रेष्ठमाथि राष्ट्र बैंकले छानविन सुरु गरेको हो । मन्त्रीपरिषद्ले नै श्रेष्ठमाथि छानविन गर्न निर्देशन दिएपछि राष्ट्र बैंकको सोमवार विहान बसेको सञ्चालक समितिको बैठकले छानविन समिति बनाएको हो ।

सञ्चालक डाक्टर श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकद्धय रामजी रेग्मी र डाक्टर सुवोधकुमार कर्ण सदस्य छन् । समितिले एक महिनाको समय अवधि पाएको छ । उनलाई बैंकको गोपनियता बाहिर ल्याएको, केही निर्णयमा लाभ उठाएको जस्ता आरोप लगाइएको छ । छानविन प्रकृयाँसँगै उनी निलम्वित भएका छन् ।

श्रेष्ठले भने आफुलाई गभर्नर हुनबाट रोक्न यस्तो प्रयास भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्