Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

शिर्ष नेताहरुविच मन्त्री फेरबदलको छलफल सुरु, यी हुन पूर्वमाओवादीबाट मन्त्री बन्ने संभावित अनुहार



काठमाण्डौं । शिर्ष नेताहरुविच मन्त्री फेरबदलको छलफल सुरु भएसँगै पूर्वमाओवादी बाट कस कसले मन्त्री बन्ने अवसर पाउँन सक्लान भन्ने चर्चा पनि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचन अगावै या त्यस लगत्तै मन्त्री फेरबदल गर्ने तयारी गरिरहेका छन् । त्यसका लागि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविच गहिरो छलफल भइरहेको छ ।

मन्त्री फेदबदल हुने पक्का भएपछि केही नेताहरुले मन्त्री बन्नका लागि पहल पनि सुरु गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाईको कम्युनिष्ट सरकारले जनतालाई परिवर्तनको आषास दिनुपर्ने दबाब निकै रहेकाले यस पटक उनले परिपक्क र दक्ष नेतालाई नै रोज्ने प्रष्ट देखिएको छ ।

पूर्वमाओवादीबाट भने पहिलो नम्वरमा जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुषाल र देवेन्द्र पौडेलको निकै संभावना देखिन्छ । सभामुखको चर्चा भएपनि गजुरेलले सभामुख नबन्ने बताईसकेका छन् ।

त्यसैगरि देव गुरुङ, अग्नी सापकोटा, लेखराज भट्ट, प्रभु साह, अमल लाल मोदी, शिवकुमार मण्डल, हितबहादुर तामाङ लगायतको संभावना देखिन्छ । नयाँ अनुहारमा पौडेल, मोदी, तामाङका साथै श्याम श्रेष्ठ र सुदन किरातीको पनि चर्चा छ ।

सापकोटाले भने मन्त्री भन्दा पनि समाभुख बन्ने आकांक्षा राखेका छन् । प्रधानमन्त्री ओलीले भने दाहालसँग व्यक्ति भन्दा पनि क्षमतामा मन्त्री बनाइनु पर्ने बताउँदै आएका छन् । तर, अध्यक्ष प्रचण्ड भने केहि नयाँ अनुहारलाई पनि अवसर दिने पक्षमा रहेको बताईएको छ ।

प्रधानमन्त्री ओली निर्वाचन आयोगका प्रमुख आयुक्तसँग पनि मन्त्री फेरबदलका विषयमा परामर्श गरिसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्