Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

सिके राउतको पार्टी पनि चुनावी प्रतिस्पर्धामा उत्रियो, तराईका जिल्लामा उम्मेदवारी



काठमाण्डौं । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टी पनि चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा जनमत पार्टीको तर्फबाट हर्न चिन्ह लिएर अञ्जलीदेवी मण्डलले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

उता, सर्लाहीको हरिपुर्वा नगरपालिका १ को वडा अध्यक्षमा पनि जनमत पार्टीको तर्फबाट दिनेश राय यादव चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा जनमत पार्टीको उम्मेदवार मण्डल र यादव भएको पार्टी अध्यक्ष राउतले जनाएका छन् ।

यो राउत नेतृत्वको जनमत पार्टी खुल्ला राजनीतिक प्रतिस्पर्धामा आएपछि पहिलो चुनावी अभ्यास हो ।

प्रतिक्रिया दिनुहोस्