Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

बैंकहरुलाई मर्जरमा जान आग्रह र सुझाव दुवै दिन्छौ : अर्थमन्त्री डाक्टर खतिवडा



काठमाण्डौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंकहरुको मर्जर स्वेच्छिक भएको स्पष्ट पारेका छन् । बैंकहरु मर्जर जाने वा नजाने त्यो उनीहरुको इच्छा हो तर, मर्जरमा जादाँ बैंकहरुलाई निकै फलदायी हुने उनको जिकिर थियो । कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सव तथा केन्द्रीय कार्यालयको नयाँ भवनको उद्घाटनमा मन्त्री खतिवडाले भने हामी पनि बैंकहरुलाई मर्जरमा जान आग्रह र सुझाव दुवै दिन्छौ ।

बैंकहरु आफु बलियो बन्न ग्राहकहरुलाई पनि बलियो बनाउनु पर्छ त्यसका लागि बैंकहरुरु मर्जरमा जाउन भन्नेमा सरकारको प्रोत्साहन नै हुन्छ । ग्राहकलाई बलियो बनाउन बैंकहरुले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने उनको जोड थियो । उनले भने, सरकारको नीति पनि त्यही नै हो ।

दिर्घकालिन नाफा हुने लगानी अहिलेको आवश्यकता रहेको खतिवडाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्