Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

स्पोटर्स फर अल वर्ल्ड समिट : टाफिसा वर्ल्ड स्पोर्टसका सदस्यलाई भ्रमण वर्षमा नेपाल आउन नेपाली प्रतिनिधिको आग्रह



जापान । जापानको टोकियोमा स्पोटर्स फर अल वर्ल्ड समिट २०१९ जारी छ । टाफिसा वर्ल्ड स्पोर्टसले आयोजना गरेको स्पोटर्स फर अल वर्ल्ड समिटमा नेपालको पनि सहभागिता रहेको छ । तेह्रदेखि सत्र तारिखसम्म जापानको टोकियोमा जारी समिटमा क्वानमुकान कराते डो को तर्फबाट अध्यक्ष जनक सुवेदी, उपाध्यक्ष सुस्मा लामा खेलाडीद्धय वैशाली लामा र सुरज तामाङको सहभागिता रहेको छ ।

खेलको माध्यमबाट विश्वलाई गोलवन्द गर्ने उदेश्यले आयोजना गरिएको समिटमा विभिन्न खेलमा आवद्ध विश्वभरका खेलाडी र खेलसँग सम्वन्धीत सयौं पदाधिकारीको सहभागिता रहेको छ । समिटमा सहभागि क्वानमुकान कराते डो नेपालको तर्फबाट अध्यक्ष सुवेदी, उपाध्यक्ष लामाले नेपालको सहभागिताले आसन्न भिजिट नेपाल २०२० लाई ठुलो सहयोग हुने जानकारी दिए ।

कार्यक्रममा सहभागि नेपाली प्रतिनिधिले टाफिसा वर्ल्ड स्पोर्टसका अध्यक्ष प्रोफेसर डाक्टर जु हो च्याङ समक्ष टाफिसा वर्ल्ड स्पोर्टस २०२४ नेपालमा आयोजना गर्न आग्रहसहितको पत्र वुझाएको बताए । टाफिसा वर्ल्ड स्पोर्टस नेपालमा आयोजना भए भिजिट नेपाल २०२० लाई ठुलो सहयोग पुग्ने नेपाली पक्षको विश्वास छ ।

साथै कार्यक्रममा सहभागि नेपाली प्रतिनिधीले विश्वभर रहेका टाफिसा वर्ल्ड स्पोर्टसका सदस्यलाई भिजिट नेपाल २०२० मा सहभागि हुन पनि अनुरोध गरेको बताए ।

टाफिसा वर्ल्ड स्पोर्टसमा हजारौं सदस्य छन् । ओलम्पिक पनि टाफिसा वर्ल्ड स्पोर्टस भित्रैकै एक संस्था हो । टाफिसा वर्ल्ड स्पोर्टस खेलसँग सम्वन्धीत ठुलो संस्था हो । र,  विश्वको धेरै सदस्य रहेको चर्चित खेलकुदसँग सम्वन्धीत संस्था पनि  हो ।

प्रतिक्रिया दिनुहोस्