Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

उद्योगी व्यवसायी रुप ज्योति रिहा, मुद्धा नचल्ने भएपछि थुनामुक्त



काठमाण्डौं । उद्योगी व्यवसायी रुप ज्योति रिहा भएका छन् । उनीविरुद्ध मुद्धा नचलाउने निर्णय गर्दै सरकारी वकिलको कार्यालय काठमाण्डौंले शुक्रवार हाजिर जमानतमा छोडन आदेश दिएको हो । सोही आदेशको आधारमा प्रहरीले रुप ज्योतिलाई रिहा गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट उनी रिहा भएका हुन् । मुद्धा नचल्ने भएपछि थुनामा राख्न नमिल्ने भएकाले उनलाई रिहा गरेको हो ।

सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले भने, मुद्धा नचलाउने निर्णय गरेका छौं, अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने हो, त्यसका लागि उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयलाई अनुरोध गरेका छौं । निर्णय नभएसम्म हाजिर जमानामा रिहा गर्न प्रहरीलाई पत्राचार गरेको पनि उनले जानकारी दिए । ठगी मुद्धामा उजुरी परेपछि उद्योगी रुप ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्