Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

हिमालय कलेज अफ इन्जिनियरिङका विद्यार्थीले मोदीको पुत्ला जलाएर गरे विरोध प्रदर्शन



काठमाण्डौं । भारतले नेपाली सिमा मिचेको विरुद्ध देशभर प्रदर्शन भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएर विद्यार्थीहरुले देशभर भारतीय शासकविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् ।

यस्तै हिमालय कलेज अफ इन्जिनियरिङ च्यासलमा अनेरास्ववियुका विद्यार्थीहरुले पनि सिमा मिचिएको विरुद्ध मोदीको पुत्ला जनाएर विरोध प्रदर्शन गरेका छन् ।

सयौंको संख्यामा उपस्थित विद्यार्थीहरुले कलेज प्राङ्गणमा भारतीय शासकविरुद्ध नेपालको झन्डा बोकेर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा कलेजका पूर्वअध्यक्ष सबिन सिग्देल र हिमाल गौतमले भारतीय शासकको हेपाहा प्रवृत्ति विरुद्ध जस्तोसुकै मुल्य चुकाउन तयार रहेको चेतावनी दिए ।

उनीहरुले एउटा स्वतन्त्र राज्यलाई दाश बनाउने भारतीय प्रवृत्तिको चर्को विरोध गरेका थिए । विद्यार्थी नेताहरुले तत्काल यो मुद्दा कुटनीतिक ढङ्गले हल गर्न सरकारसँग माग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्