Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

ओम पार्क लुट माथि लुट कहिले सम्म छुट ?



सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको खोलेखर्कमा ओम पार्कको नाममा व्यापक भ्रष्टाचार भएको खुल्न आएको छ । पर्यटन गन्तब्यसहित वहुउदेश्यीय परियोजना भन्दै कांग्रेस नेता मोहन बस्नेत र लिला नेपालको मिलेमतोमा नेपालकै नीजि जग्गामा स्वर्गिय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई प्रभावमा पारेर उनकै आदेशमा ५० करोड भन्दा बढीको लागतमा बाटो लैजान सफल भएका छन्  ।

सडक निर्माणसंगै ओम पार्क नेपालको नाममा करोडौ भ्रष्टाचार भएको खुल्न आएको हो । देखाउनको लागि कहिले ओम पार्क नेपाल त कहिले धनलक्ष्मी मन्दिर भन्दै नीजि जग्गामा दर्जनौ संरचना बनाइएको छ, भने अर्कोतिर नेपालको आफ्नो झण्डै पचपन्न रोपनी जमिन भएकोमा अहिले ब्यापक रुपमा सामुदायिक वन फडानी गरि सय रोपनी भन्दा बढी राष्ट्रिय सम्पति नीजि बनाउने प्रक्रियामा लागेको स्थानीयले आरोप लगाएका छन् । तीन वर्ष पहिले त्यहि जग्गामा ओम स्तम्भ बनाउने भनेर पाइलट बाबालाई लगेर शिल्यान्यास गराइएको थियो भने एक बर्ष अगाडी फेरि त्यहि स्थानमा कांग्रेस नेता सुबिर खनाललाई लगेर धनलक्ष्मी मन्दिरको शिल्यान्यास गराइएको थियो ।

यता, बिभिन्न सरकारी निकायमार्फत सहयोग लिएको भएता पनि ओम पार्क नेपालको खाता सन्चालन नगरी फरक फरक सरकारी निकायमा फरक फरक नामको कोठे पारिवारिक उपभोक्ता समिति बनाई सो मार्फत ब्यापक दुरुपयोग भएको छ । सरकारी मात्र होइन बिभिन्न संस्था र व्यक्तिसँग पनि करोडौ चन्दा लिएको तर त्यसको कुनै हिसाब किताब देखाइएको छैन् ।

स्थानीय युवालाई रोजगारीको प्रलोभन देखाई ब्यापक वन फडानी गरिएको छ र विभिन्न लोभ देखाई चुप लाग्न दबाब दिइएको स्थानीयको आक्रोष छ । नेता र कार्यकर्ता भएपछि लुट्न छुट भएको देशमा मोहन बस्नेत जस्ता नेतालाई कसैले छुन सकेको छैन् । एलडीओ सिडिओ समेत ओम पार्क र धनलक्ष्मी मन्दिरको भ्रष्टाचारमा सहभागी हुँदा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायले सो नदिएकोप्रति स्थानीयवासीले गुनासो गरेका छन् ।

ओम पार्क नेपाल केहि व्यक्तिका लागि लुट माथि लुट कहिले सम्म छुट जस्तै बनेको छ । सरोकार निकायलको तत्काल यस्तो व्यथितीप्रति चासो जानुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्