Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

संघिय समाजवादी सरकारबाट नबाहिरिने, सहमतिमा नै मन्त्रालय फेरबदल



काठमाण्डौं । संघिय समाजवादी फोरम तत्काल सरकारबाट नबाहिरिने भएको छ । मन्त्रालय हेरफेरको विषयलाई लिएर सरकारबाट बाहिरिने चर्चा चलेपनि समाजवादी फोरम सरकारबाट बाहिरिने मनस्थितीमा नरहेको एक नेताले बताए ।

समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकार फेरबदलका बेला नेपाल बाहिर रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले सोही पार्टीबाट शहरी विकास मन्त्री बनेका मोहम्मद इश्तियाक राईसँग तीन पटक छलफल गरेका थिए ।

उता, भारत भ्रमण जानुअघि पनि प्रधानमन्त्री ओलीले यादवलाई मन्त्रालय फेरबदलका बारेमा जानकारी गराएको स्रोतले बतायो । मन्त्री फेरबदल गर्ने अघिल्लो दिन प्रधानमन्त्री ओलीले मन्त्री राईसँग अन्तिम सल्लाह गरेका थिए ।

यता, मन्त्रालय फेरबदलका वारेमा राईले यादवलाई प्रधानमन्त्री ओलीको निर्णय वारे जानकारी गराएका थिए । डाक्टर बाबुराम भट्टराई पक्षधरले सरकारबाट बाहिरिनु पर्ने मत राखेपनि संघिय समाजवादी फोरममा भट्टरार्ईको भन्दा पनि यादवको निर्णय नै अन्तिम हुने भएकाले समाजवादी फोरम सरकारबाट बाहिरिने संभावना छैन् ।

यादव निकट मानिएका अशोक राई, शिवजीराय यादवले पनि पार्टी सरकारबाट बाहिरिने संभावना न्युन रहको अभिव्यक्ति दिइसकेका छन् । सरकार फेरबदलमा यादव स्वास्थ्यबाट कानुनमा सरुवा भएका छन् ।

तर उनको उपप्रधानमन्त्रीको पद यथावत छ । संविधान संशोधनको दबाब दिइरहेका यादव आफै नै सोही मन्त्रालयको नेतृत्व गर्न पुगेका छन् । उता, सोही पार्टीको शहरी मन्त्रालय पनि यथावत छ ।

प्रतिक्रिया दिनुहोस्