Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

बन्द उद्योग खोल्ने आफनो पहिलो प्राथमिकता रहेको उद्योग राज्यमन्त्री दुगडको घोषणा



विराटनगर । उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई गृहजिल्ला विराटनगरमा भव्य स्वागत भएको छ । विराटनगर विमानस्थलमा मन्त्री दुगडलाई स्वागत गर्न ठुलो संख्यामा उद्योगी, व्यवसायी, नागरिक समाज, पेशाकर्मी, सर्वसाधरणको उपस्थिती रहेको थियो ।

विराटनगर मोरङ संघ र उद्योग संगठन मोरङले आयोजना गरेको वधाई तथा शुभकामना कार्यक्रमका लागि विराटनगर पुगेका मन्त्री दुगडले प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि क्षेत्रलाई राज्यको अभिन्न अंगको रुप लिएको बताउँदै राज्य निमार्णमा नीजि क्षेत्रको पनि उस्तै सहयोग हुनुपर्ने धारणा राखे । राज्य र नीजि क्षेत्र दुवै बलियो हुन दुवै पक्षको सहकार्य हुनुपर्ने उनको जोड थियो ।

नीजि क्षेत्र संवृद्ध नभएसम्म मुलुक पनि संवृद्ध नहुने उनको भनाई थियो । चुनौतीको विचमा आफुले उद्योग मन्त्रालय समालेको बताउँदै मन्त्री दुगडले आफनो पहिलो प्राथमिकता बन्द भएका उद्योग खुलाउने र जिर्ण उद्योगलाई स्तरउन्नती गर्ने नै रहेको बताए । दर्जनौ उद्योग बन्द भएका छन, हजारौंको रोजगारी गुमेको छ र राज्यलाई ठुलो नोक्सान भएको छ, त्यस्ता महत्वपुर्ण उद्योग सञ्चालनमा ल्याएरै छोडने उनले प्रतिवद्धता जनाए ।

म आफै उद्योगी केही लोभ मलाई छैन, मेरो जिम्मेवारी विशेष भएकाले उद्योग व्यवसायको क्षेत्रमा केही न केही नयाँ काम गर्छ, दुगडले भने । तीन महिनाभित्र सुधारको संकेत हुने गरी काम गर्ने समेत उनले आश्वासन दिए ।

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाएरै छोड्ने दाबी समेत उनले गरे । विराटनगरको आईसिपी निमार्ण, प्रदर्शनीस्थलको निमार्ण, सुनसरीको अमडुवामा रहेको ६५० बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्रको निमार्ण, त्यस क्षेत्रमा सयौं उद्योगको स्थापना जस्ता महत्वपुर्ण काम गर्ने योजना पनि उनले सुनाए । प्रदेशमा रहेका औद्योगिक क्षेत्रलाई विशेष सुधार योजना रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्