Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

अनुशासन र गुणस्तरीय सेवामा सम्झौता गर्दैन स्प्रिङ ब्वाइज होस्टेल



२०७६ को सुरुवातमै लहानका सन्तोष अधिकारी र काठमाडौँ पेप्सीकोलाका अनुप रेग्मीको एउटा संयोग जुरेको हो ।  कुनै समय प्लस टु अध्ययनका गर्दा यी दुई युवा साथी थिए । यसको लामो समय पछि यी दुई फेरी एक पटक जोडिए व्यवसायी साझेदारको रूपमा । यसै साझेदारीको स्वरूप तयार भयो,“स्प्रिङ ब्वाइज होस्टेल”।
३७ सिट भएको यो होस्टेलमा हाल २३ जना रहेका छन् । अनुशासित जीवनशैली र पारिवारिक वातावरण भएको यो होस्टेल नेपालकै एक उत्कृष्ट होस्टेलको रूपमा रहेको छ । त्यसो त मासिक १२ हजार ५ सय रुपैयाँ औसत भन्दा अलि बढी महँगो लाग्न सक्छ । तर, यहाँको सुविधा र वातावरण अनुसार यो मूल्य सामान्य देखिन्छ ।

सन्तोष अधिकारी

प्राय प्लस टु , एमबिबिएस प्रवेश परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि यो उपयुक्त मानिएको छ । ललितपुर गावहलमा रहेको यो होस्टेलका नजिक छन्, प्रसादी एकेडेमी,युनाइटेड कलेज, क्यास्पीयन कलेज र क्याम्पीयन कलेज । अनि छेवैमा ब्लुबर्ड । त्यसो त ललितपुरको परिचित पिनाकल कलेज पनि टाढा छैन । यी नजिक भए पनि यो होस्टेलको प्रभाव सुरुवाती दिनमै फैलिएको छ, डिल्लीबजारको ट्रिनीटी कलेजसम्म । सन्तोष र अनुपको ठहर छ,  “हाम्रो उत्कृष्ट र पारिवारिक वातावरणको प्रभाव हो यो । ”

अनुप रेग्मी

यहाँ हरेक चाड पर्व,हरेक विद्यार्थीको जन्मोत्सब र महोत्सव मनाउने व्यवस्था होस्टेल व्यवस्थापनले गरेको छ । यत्ति मात्र होइन, दक्ष व्यक्तिहरू मार्फत स्वास्थ्यकर भोजनको व्यवस्था भएको व्यवस्थापन पक्षका यी दुवै जना बताउँछन् । थकाली भान्छा घरमा १० वर्षको अनुभव भएका रूपक र कल्पनाले तयार पार्ने भोजन त्यत्तिकै स्वादिष्ट हुने त्यहाँका अनुभवीहरू बताउँछन् । सुरुमा ५ हजार रुपैयाँ भर्ना शुल्क भए पनि यस बराबरको ब्याग,ह्यान्ड टावल,टिसर्ट, र वाटर बोतल र ट्वाइलेट किड्स ब्याग बराबरको सामानले राम्रो बनाएको छ ।विद्यार्थीहरूका लागि पार्कींङको समेत राम्रो व्यवस्था रहेको छ ।

होस्टेलले सफलता पाउने कुरामा त यो जोडी विश्वस्त छ । साथमा “स्प्रिङ एफीयर्स इभेन्ट म्यानेजमेन्ट”को रूपमा नयाँ व्यवसायमा सफलता पाउनेमा समेत उत्तिकै विश्वास पलाएको छ । अध्ययन पछिको यो व्यवसीयक यात्राका बारे दुवैको कथन छ, “इमानदारी र गुणस्तरीय सेवामा प्रतिबद्ध भए सबै कुरा आफै ठिक भएर जान्छ” । स्वयं अनुशासन हुने र होस्टेलको वातावरण अनुशासित राख्ने कुरामा त यो जोडीले सम्झौता नै गर्दैन । उनीहरू भन्छन्, “ जुन अभिभावकले आफ्नो साथमा बच्चा नराखेर हामीलाई सुम्पनु हुन्छ, उहाँहरू माथि विश्वासघात त गर्नै सकिँदैन ”।

 

प्रतिक्रिया दिनुहोस्