Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

नेकमा जिज्ञासु प्रतियोगिता सम्पन्न  



काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) मा शोधक्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा जिज्ञासु ३.० हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा सम्राट पराजुली, पवन राइन, किशोर पाठकको समूह पहिलो र सुदीप रिजाल, जनक परियार तथा सविना चालिसेको समूह दितीय रहनुभएको थियो ।

२००८ मा स्थापित कार्डद्धारा टेक्नोलोजिकल हाजिरीजवाफ प्रतियोगिता जिजासु ३.०, एप्लाइड रिसर्च तथा इनोभेसनमा जान तथा शिप विकास गर्नका निम्ति सञ्चालन गरिएको छ । कार्ड परिवारले राष्टिय तथा अन्तर्राष्टिय जगतमा इन्जिनियरिंग इनोभेसनमा आफनो प्रतिभा प्रस्तुत गर्न सफल भएको छ ।

इन्जिनियरिंग पढाइका साथै समाजमा आइपर्ने चुनौतीहरुलाई इन्जिनियरिंग क्षेत्रबाट सहजीकरा गर्ने उद्देश्यले स्थापित कार्डबाट आशुतोषमणि त्रिपाठीले बताए । यही उद्देश्य अनुसार कार्डबाट समाजका लागि विभिन्न कामहरु गर्न सफल भएको अर्का विद्यार्थी सचेत जमरकटेलले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ साथै एनवाईसीए युथ नेटवर्क रहेका थिए । कार्यक्रममा विभिन्न इन्जिनियरिंग विधाका प्रतियोगीहरुमाझ इन्जिनियरिंग इनोभेसन क्षेत्रमा मैत्रीपूर्ण बादविवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्