Logo
सोमबार, १७ चैत २०७६
(Monday 30th March 2020)

सहयोग माग्दै गरेको बालकको बसले किचेर मृत्यु



शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ ।कालिञ्चोक गाउँपालिकामा–९, सुन्द्रावतीका ९ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो ।
कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावतीमा यात्रुवाहक बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले शक्रबार साँढे ११ बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । ठक्कर दिँदा उनकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शिवरात्रि मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्