Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

जनसम्पर्क समिती क्यानाडाद्धारा क्यानाडा ओटावाका नेपाली विद्यार्थीलाई राहत वितरण



क्यानाडा। नेपाली जनसम्पर्क समिती क्यानाडाले ओटावा क्यानाडामा वस्दै आएका नेपाली विद्यार्थीलाई राहत वितरण गरेको छ । जनसम्पर्क समितिका पदाधिकारीको सक्रियतामा सो क्षेत्रमा बस्ने विद्यार्थीलाई राहत वितरण गरिएको समितीकी उपसभापति चन्दा अधिकारीले बताइन् ।

उनले लकडाउन अवधिभर विभिन्न स्थानमा पुगि समस्यामा परेका नेपाली समुदायलाई सहयोग गर्ने पनि बताइन् । जनसम्पर्क समितिले सेनिटाइजर र ग्लोव पनि वितरण गरिरहेको छ ।

जनसम्पर्क समिति क्यानाडाले आवश्यक सहयोगका लागि वुद्धि प्रकाश वली, सभापति ९०५ ५१० ४४६८, चन्दा अधिकारी, उपसभापति ३६५ ७७३ ८८८५ वसन्त कार्की, महामन्त्री, ६४७ ५७२ ५७४० नम्वरमा सम्वन्धीत व्यक्तिलाई सिधा सम्पर्क गर्न पनि सवैलाई आग्रह गरेको छ ।

कोरोना त्रासका कारण विश्व नै लक डाउन भएका बेला सम्वन्धीत देशका विभिन्न संघ संगठनले आ आफनो समुदायलाई सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्