Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

खानेपानी मन्त्री मगरले सूदुरपश्चिम प्रदेशमा पिपिई लगायतका सामाग्री हस्तान्तरण



काठमाडौं । नेपाल–भारत मानव विकास एवं मैत्री संघले  कोरोना भाइरस (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा खटिन सूदुर पश्चिम प्रदेशका चिकित्सकहरुका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) र अन्य मेडिकल सामाग्री सहयोग गरेको छ ।
संघले सूदुर पश्चिम प्रदेशमा चिकित्सकका लागि आवश्यक पिपिई लगायत स्वास्थ्य सामाग्रीहरु खानेपानी मन्त्री बिना मगरलाई हस्तान्तरण गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सूदुर पश्चिम सरकारसंग खानेपानी मन्त्री मगरले समन्वय गरिरहनु भएको छ । सूदुर पश्चिम प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई केन्द्र सरकारले यसअघि नै जिम्मेवारी दिएको थियो ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको २ सय थान पिपिई लगायतका सामाग्रीहरु खानेपानी मन्त्री मगरलाई सिंहदरबारमा बिहीबार हस्तान्तरण गर्नु भएको हो ।
कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि सहयोग प्राप्त भएको आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पीपीई मन्त्री मगरले सूदुर पश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्नु हुनेछ ।
पिपिई लगायतका स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद दिदै विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान समेत गर्नुभयो ।
उहाँले यस किसिमको सहयोगले कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन मद्दत पुग्ने बताउनुभयो ।
“यस्तो महामारीका विरुद्ध सबै जना हातेमालो गरेर एकसाथ लड्नको निम्ति म हार्दिक आव्हान गर्न चाहन्छु । उहाँले भन्नु भयो, यस बेला सामाजिक संस्था र व्यक्तिहरुको सहयोग अपरिहार्य छ । सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरौं ।
संघले सहयोग गरेको सामाग्रीहरुमा पिपिई सेट लगायत पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजर लगायत छन् ।
प्रतिक्रिया दिनुहोस्