Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

राष्ट्रिय सभाका सदस्य सिंहद्धारा विभिन्न स्थानमा फसेका मजदुरलाई तत्काल उद्धार गर्न माग



काठमाण्डौं । राष्ट्रिय सभाका सदस्य शेखर कुमार सिंहले विभिन्न स्थानमा फसेका मजदुरलाई तत्काल उद्धार गर्न माग गरेका छन् । राष्ट्रिय सभाका अध्यक्षलाई पत्र लेख्दै सिंहले अप्ठारोमा फसेका मजदुरलाई यथासिग्र उद्धार गर्न आग्रह गरेका हुन् ।

साथै उनले काठमाण्डौं लगायत विभिन्न स्थानमा रहेका प्रदेश नम्वर २ का मजदुरलाई सम्वन्धीत स्थानमा पुरयाउन समेत पहल गर्न आग्रह गरेका छन् । सप्तरी जिल्लाका मजदुर तथा विभिन्न व्यक्तिहरु समेत लकडाउनका कारण फसेकाले मानवीयताका नाताले आर्थिक तथा भौतिक सहयोग गर्नुपर्ने नैतिक दायित्व रहेको सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले ती मजदुरलाई क्वारेन्टाइन राख्ने तथा स्वास्थ्य चेकजाँच गर्न समेत माग गरेका छन् । पैदल नै गन्तव्य हिडे्का मजदुरको बालबच्चाको समेत विजोग भएकाले तत्काल उद्धारको खाँचो रहेको उनले औल्याएका छन् । उनले प्रदेश २ तथा सप्तरीमा कोरोना संक्रमण चेकजाँचलाई तिव्र पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्