Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

विपदमा राहत बाेकेर गाउँ बासीकाे डेरामा पुगे श्रेष्ठ



रामेछाप ।
रामेछापकाे गाेकुलगंगा गाउँपालिका २, ठाेसे स्थायी घर भएर काठमाडौंमा डेरा गरि बस्ने व्यक्तिहरूलाई राहत वितरण गरिएकाे छ ।

ज्याला मजदुरी गरेर जीविकाेपार्जन गर्दै अाएका उनीहरूलाई लकडाउनकाे कारण समस्या भएपछि समाजसेवी शिव श्रेष्ठकाे सहयाेगमा खाद्य सामग्री राहत स्वरूप वितरण गरिएकाे हाे ।

समाजसेवी श्रेष्ठको टाेलीले उनीहरूलाई डेरामा नै पुगेर राहत वितरण गरेकाे हाे । श्रेष्ठकाे पहलमा वडा अध्यक्ष शेखरमान श्रेष्ठ, पत्रकार उद्धवकुमार कार्की लगायतकाे समन्वयमा अाफूहरूले राहत वितरण गरिएकाे गाेविन्द श्रेष्ठले जानकारी दिए ।

काठमाडौंमा लकडाउनकाे कारण खर्च नभएर समस्यामा परेका गाउँबासीहरूलाई अाफूहरूले सहयाेग गरेकाे समाजसेवी श्रेष्ठले बताए । उनले भूकम्पकाे समयमा समेत गाउँमा पुगेर स्थानीयहरूलाई राहत वितरण गरेका थिए । लकडाउनदेखि नै राहत र उद्धारमा सकृय श्रेष्ठ समाज सेवाकाे क्षेत्रमा कृयाशिल छन् ।

उनले दुर्गम बस्तीमा विद्यालय बनाउने देखि गरिव, असाहय तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री र पाेशाक समेत वितरण गर्दै अाएका छन् ।

रामेछापको सबैभन्दा दुर्गम हिमाली क्षेत्र गुम्देलमा शिक्षा प्रेमी एवम् समाजसेवी श्रेष्ठकाे सहयाेगमा हेल्थ पाेष्ट र विद्यालय भवन निर्माण गरिएको छ ।

लमजुङ, काभ्रे,धादिङ ,गार्खा र काठमाडौं अासपासका दुर्गम जिल्लामा श्रेष्ठकाे अगुवाइ र सहयागमा थुप्रै विद्यालय भवनहरू निर्माण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्