Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

कोरोनाको उपचार नयाँ चरणमा




नोबेल कोरोना भाइरसका लागि रुसले पहिलो पटक औपचारिक रूपमा औषधी सिफारिस गरेको छ । एभिभाभिर नामको यो औषधीको निमार्णमा रुसको आधिकारिक निकाय आरडीआइएफ र औषधी निर्माता सेमरार बिच बराबरको हिस्सा बेहोर्ने समझदारी भएको छ ।
थुप्रै क्लीनीकल परीक्षणमा एकदम चाँडो सुधार देखिए पछि यसलाई प्रयोग गर्न सुरु गरिएको हो । आरडीआइएफका प्रमुख किरिल डिमिट्रिभले सेमसारले एक महिनामा ६० हजार को उपचार गर्न पर्याप्त हुने औषधी तयार गरेको हो । संसारका अन्य १० देशबाट यो औषधीको माग भएको जनाइएको छ ।
पहिलो चरणमा रुसले यो औषधी ६० हजारलाई प्रदान गर्ने छ । परीक्षणको दौरान यो औषधी पाएका मध्य चार दिनमा ६५ प्रतिशतको रिपोर्ट नेगेटिभ देखिएको थियो । यसै गरी,१० दिन हुँदा ९० प्रतिशतमा रिपोर्ट नेगेटिभ देखिएको थियो । यसको कुनै साइड इफेक्ट पनि देखिएन । ३ सय ३० जनामा यो परीक्षण भएको हो ।
फाभिपिराभिरमा यो औषधी आधारित छ । रुघाकै औषधीका रुसमा प्रयोग गरिने फाभिपिराभिरको अमेरिका,इटाली,जापान र भारतमा परीक्षण जारी छ ।

प्रतिक्रिया दिनुहोस्