Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

भिवा राणाले सन्चालन गरेको मण्टेश्वरीले लियो चर्को शुल्क, बन्द अवधीको शुल्क तिर्न समेत अभिभावक वाध्य



काठमाण्डौं । लकडाउनको वहानामा ठुला साना सवै शैक्षिक संस्थाले अभिभावकलाई चर्को शुल्क तिर्न वाध्य पारिरहेका छन । स्कुल, कलेज मात्र होइन मण्टेश्वरी स्कुलहरुले समेत अभिभावकलाई बन्दभरीको शुल्क समेत जोडेर चर्को शुल्क तिर्न दबाब दिइरहेका छन ।

यस्तै काठमाण्डौंको बालुवाटारमा सन्चालनमा रहेको मण्टेश्वरी कटेज इन्टरनेशनल प्रि स्कुलले पनि पढाई नै नभएको महिनाको समेत शुल्क तिर्न अभिभाकलाई वाध्य पारेको छ ।

स्कुल नै नखुलेको शुल्क तिर्न नसक्ने भन्दा प्रिसिन्सपल भिवा राणाले भनेको जति शुल्क नतिरे आफना बच्चा नल्याउन समेत घुमाउरो शैलीमा धम्क्याउने गरेको अभिभावकले बताए  ।

बैंक व्याज, शिक्षकको तलब कस्ले खुवाउँछ भन्दै अभिभावकलाई स्कुलका केही कर्मचारीले थर्काउने गरेको उनीहरु बताउँछन । तोकेको मितिमा शुल्क तिर्न समेत स्कुलले दबाब दिइरहेको छ। नाम मात्रको टयुसनको समेत शुल्क अभिभावकले तिर्नु परेको छ ।

करिव १६ वर्षदेखि काठमाण्डौंको बालुवाटारमा सन्चालित मण्टेश्वरी कटेज इन्टरनेशनल प्रि स्कुलको चर्को शुल्कले अभिभावक आक्रोषित भएका छन । सरकारले यस्ता स्कुलमाथि अनुगमन गरी कार्बाही गर्नुपर्ने समेत उनीहरुको माग छ ।

प्रिन्सिपल भिवा राणाले सन्चालन गर्दै आएको मण्टेश्वरी कटेज प्रि स्कुलले अन्य अवस्थामा समेत चर्को शुल्क उठाउँदै आएको अभिभावकको गुनासो छ ।

बच्चा भर्ना गर्ने ताका अनेक आकर्षक सुविधा देखाएर अभिभावक झुक्काउने गरेको समेत नाम उल्लेख नगर्ने सर्तमा एक अभिभावकले सुनाए ।

स्कुलमा आफना बच्चाका लागि पारिवारिक वातावरण नभएको शुल्क अनुसार खानपिन, स्याहारसुसार समेत नभएको उनीहरुको भनाई छ । सेवा सुविधाको वारेमा केही गुनासो राखे प्रिन्सिपल राणा रिसाउने झर्किने समेत गरेको उनीहरु बताउँछन ।

उनीहरुले शिक्षा मन्त्रालय अन्तर्गतको अनुगमन गर्ने निकायको समेत ध्यानाकर्षण गराएका छन ।

प्रतिक्रिया दिनुहोस्