Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

अभिभावक सङ्घको पूर्ण समाधानको प्रस्ताव




अभिभावक सङ्घ नेपालले लकडाउनका कारण विद्यालय क्षेत्रमा आएको आर्थिक कठिनाइका समाधानका बाटो सहित आफ्नो धारणा प्रस्ट पारेको छ । प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष समेत रहेका अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले विद्यालयको पठन पाठन नभएको समयमा शुल्क तिर्न नपर्ने धारणामा अडिग रहँदै संस्थागत विद्यालयका समस्या समाधानका धारणा अघि ल्याएको हो ।
अभिभावक सङ्घले सरकारले विद्यालयलाई राहत प्याकेज उपलब्ध गराउनु पर्ने,सहुलियत दरमा ऋण उपलब्ध गराउनु, विद्यार्थी भर्ना हुँदा लिएको धरौटी रकम उपयोग गर्ने तथा एसइई र कक्षा ११ को परीक्षा नहुँदा जोगिएको रकम उपयोग गर्ने उल्लेख छ । साथै विद्यालयले राखेको रकम केही समयका लागि उपयोग गर्न नदिनु पनि उपयुक्त हुने कुरा अभिभावक सङ्घले राखेको छ । यसो गर्दा विद्यालय पुरा खुले पछि मात्र शुल्क लिँदा पनि विद्यालयका समस्या समाधान हुन सक्ने मत अभिभावक सङ्घको छ । यस अघि विभिन्न सङ्घ संस्थाले आफू अनुकूल माग राखे पनि अभिभावक सङ्घले पूर्ण प्योकज सहित समाधानको प्रस्ताव राखेको हो ।

प्रतिक्रिया दिनुहोस्